बंगलादेशका टेष्ट र टी – २० कप्तान शाकिब अल हसनमाथि दुई वर्षेको प्रतिबन्ध


काठमाडौँ , १२ कात्तिक। बंगलादेशका टेष्ट र टी – २० कप्तान शाकिब अल हसनमाथि भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा दुई वर्षको प्रतिबन्ध लागेको छ ।

सट्टेबाजको प्रस्तावबारे जानकारी नदिएर भ्रष्टाचार विरोधी संहिताको उंल्लघन गरेको आरोपमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले उनीमाथि दुई वर्षको प्रतिबन्ध लगाएको हो ।

शाकिबले दुई वर्षसम्म क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने भएता पनि उनी २९ अक्टोबर २०२० मा क्रिकेट खेलमा फर्कन सक्ने आइसिसीले जनाएको छ । उनको प्रतिबन्ध मध्ये एक वर्ष निलम्बित रहनेछ ।

शाकिबले गल्ती स्वीकार गर्दै (सट्टेबाजको) प्रस्तावबारे जानकारी नदिएको पनि स्वीकार गरेका छन् । प्रतिबन्ध लागेको सुन्दा दुखी भएको शाकिबको प्रतिक्रिया रहेको छ ।

प्रतिक्रिया दिनुहोस्