सुन्दरहरैँचामा एमालेका मेयरका उम्मेदवार गुरागाईँको ६३६, उपमेयर चौधरीको ११०२० मतको अग्रता


सुन्दरहरैँचा, ८ जेठ । सुन्दरहरैंचामा एमालेका मेयरका उम्मेदवार केदार ढकाल गठबन्धनका शिवप्रसाद ढकालभन्दा ६३६ मतले अगाडि रहेका छन् । ५०६९१ मत गनिसक्दा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईँले अग्रतालाई झन् फराकिलो पार्दै लगेका छन् ।

निर्वाचन कार्यालयले दिएको पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका गुरागाईँले २११६१ मत ल्याउँदा ढकालले २०५२५ मत ल्याएका छन् । उपप्रमुखतर्फ नेकपा एमालेकी अकली चौधरी गठबन्धनका उम्मेदवार भन्दा ११०२० मतको भारी मत अन्तरले अगाडि छिन् ।

चौधरीले २२२३४ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ११२१४ मत ल्याएका छन् । अब करिब ६०० मत मात्र गन्न बाकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्