सुन्दरहरैँचामा प्रमुख उपप्रमुख दुवै एमालेको पोल्टामा : प्रमुखमा गुरागाईँ र उपप्रमुखमा चौधरी विजयी


सुन्दरहरैँचा, ९ जेठ । सुन्दरहरैंचामा मेयर तथा उपमेयर दुवै एमालेले जितेको छ । मेयरमा केदार प्रसाद गुरागाईँ र उपमेयरमा अकलीदेवी चौधरी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार शिवप्रसाद ढकाललाई ७२६ मतले पराजित गर्दै एमालेका उम्मेदवार गुरागाईँ विजयी भएका हुन् ।

ढकालले २०६७८ मत ल्याउँदा गुरागाईँले २१४०५ ल्याएका छन् । यस पालिकामा गत निर्वाचनमा नेकाका ढकालले फराकिलो मतान्तरले विजय हासिल गरेका थिए । तर गुरागाईँले यस पटकको निर्वाचनमा भने अघिल्लो पटकको निर्वाचनको हारको बदला लिन सफल भएका छन् । उपप्रमुखतर्फ नेकपा एमालेकी अकली चौधरीले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै उपमेयरमा विजय हासिल गरिन् ।

चौधरीले ११३०० मतको फराकिलो अन्तरले विजय हासिल गरिन् । निर्वाचन कार्यालय सुन्दरहरैँचाले दिएको जानकारी अनुसार चौधरिले २२४५२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका नवराज चापागाईँले ११३०० मत ल्याएका छन् ।

सुन्दरहरैँचामा प्रमुख र उपप्रमुख पदमा काँग्रेस र माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । तर गठबन्धनको भावनाअनुसार मत नखसेको उपमेयरका उम्मेदवार चापागाईँको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस्