बेलबारीमा शपथग्रहण कार्यक्रम सम्पन्न


बेलबारी, ९ जेठ । बेलबारी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरूका शपथ कार्यक्रम सम्पन्न भएको छ । बेलबारी १ मा रहेको नगरपालिकाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरेर शपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ ।

नगरप्रमुख डिपी राईले उपप्रमुख नितु थापा कोइरालालाई पहिलो चरणमा र निर्वाचित वडा अध्यक्ष तथा वडा सदस्यहरूलाई दोस्रो चरणमा शपथ खुवाएका थिए । कार्यक्रममा निवर्तमान नगरप्रमुख ज्ञानेन्द्र सुवेदी उपप्रमुख ढाकाकुमारी पराजुलीले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै विविध समस्याका बाबाजुत पनि आफूहरूले विकासको रेखा कोर्न सफल भएको अब आउने टिमलाई यो रेखामा हिँड्न सहज हुने आसा गरे । साथै पूर्व जनप्रतिनिधिका हैसियतले आफूहरूको सहयोग रहिरहने प्रतिविद्धतासमेत जायर गरे ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद भानुभक्त ढकालले निर्वाचन पश्चात् नयाँ अध्यायको आरम्भ भएको बताउँदै पाँच वर्षे कार्यकाल असल बनोस भन्ने कामना गरे । उनले जनप्रतिनिधिका मूल्याङ्कनको आजैबाट आरम्भ भएको बताउँदै जनप्रतिनिधिलाई जनताले अनुभूत हुने गरी काम गर्न अनुरोध गरे । कार्यक्रममा माओवादी केन्द्रका पर्शुराम सुवेदी, नेपाली काँग्रेसका डां सुनिल शर्मा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा, एमालेका नगर इन्चार्ज घनश्याम गौतम, नगर अध्यक्ष इरान राई, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, निर्वाचन अधिकृत बालकृष्ण निरौला, काँग्रेसका नगर सभापति छत्र लिम्बू लगायत विभिन्न पार्टी प्रमुख तथा प्,नतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूका सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्