सुन्दरहरैँचामा अब घरनक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने


सुन्दरहरैँचा, ११ जेठ । मोरङको सुन्दरहरैँचाले अब वडाबाटै घर नकस्सा पास गर्ने व्यवस्था गर्ने भएको छ । नगर प्रमुख केदार प्रसाद गुँरागाईले पदभार ग्रहणको क्रममा वडाबाटै घरको नक्सा पास हुने व्यवस्था गर्ने बताएका हुन् ।

चुनावी अभियानमा जाँदा घर नक्सा बनाउँदा धेरै दुःख पाएको भन्ने गुनासो आएपछि वडाबाटै घर नक्साको काम गर्ने गरी निर्णय गरेको नगर प्रमुख गुँरागाईले बताए । पदभार पछि नगरप्रमुख गुरागाईँले भने “ओभरसियरहरू वडामै छन्उ नीहरूलाई केही समस्या भए नगरपालिका बाट इन्जिनियर पठाउँछौँ । सबै काम वडाबाटै सकेर सेवाग्राहीले प्रमाणपत्र लिन भने नगरपालिका आउनुपर्छ ।“

यस्तै नगरप्रमुख गुरागाईँले आधारभूत विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्ने बताएका छन् । माध्यमिक विद्यालयहरूलाई संघ तथा प्रदेश सरकारले नमुना बनाउन सहयोग गर्ने गरेकाले नगरपालिकाले आधारभूत विद्यालयलाई नमुना बनाउने नीति लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्