नाइन एन–एईटी कलसाइनको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो


मुस्ताङ, १६ जेठ । पोखराबाट उडेर सम्पर्कविहिन भएको नाइन एन–एईटी कलसाइनको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । पोखराबाट मुस्ताङका लागि उडेको विमान मुस्ताङको मानापाथी हिमालको फेदीस्थित थासाङ गाउँ पालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको हो ।

उद्धारमा खटिएका नेपाली सेनाको टोलीले सो जानकारी दिएका हुन । ९ः५५ बजे विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

स्थानीयबासीहरुका अनुसार दुर्घटना भए जस्तो ठुलो आवाज सुनिएको जनकारी पाए पछि हिजोदेखिनै उक्त क्षेत्रमा खोजी कार्य तिव्र भइरहेको थियो । उच्चक्षेत्र तथा विकटक्षेत्रमा विमान दुर्घटना भएको कारण विमान फेला पर्न सकेको थिएन ।

नाइन एन–एईटी कलसाइनको जहाज, क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । उक्त जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय नागरीक, १३ नेपाली नागरिक र तीन चालकदल सहित २२ जना रहेका छन् ।

विमानमा को–पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा थिइन् । जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११ लोटाका एकै परिवारका सात सदस्य पनि परेका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्