बेलबारीमा क्षमता विकास तथा उद्घोषण तालिम


बेलबारी, २१ जेठ । क्षमता अभिवृद्धि गर्दै समाज रूपान्तरणमा सहयोग पुगोस् भन्ने हेतुले बेलबारीमा क्षमता विकास तथा उद्घोषण तालिमको उद्घाटन भएको छ । बेलबारी नगरपालिका १ मा रहेको उद्योग वाणिज्य सङ्घको सभा हलमा सञ्चालन भएको तालिमको उद्घाटन बेलबारी नगरपालिकाका उपप्रमुख नितु थापा कोइरालाले गरेकी थिइन् ।

कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख थापाले आफू समाजसेवाबाटै आएकोले आगामी दिनमा पनि समाजसेवा गरिरहने प्रतिबद्धता समेत जाएर गरिन् । बेलबारी उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजेश जङ्ग कार्कीले पछिल्लो समय तालिम औपचारिक मात्र बन्दै गएको भन्दै तालिमलाई व्यवहारिक तथा उपयोगी बनाउन आग्रह गरे बेलबारी नगरपालिकाको आर्थिक सहयोग, श्रमिक महिला समूहको सह आयोजना र बेतना दैनिकको आयोजना सञ्चालन कार्यक्रममा बेलबारी विभिन्न वडाबाट सहभागिता रहेको थियो ।

बेतना दैनिकका प्रधान सम्पादक तथा प्राध्यापक राजकुमार लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतको रहेको थियो । कार्यक्रममा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको आधारमा उपप्रमुख थापालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्