जेसिसद्वारा वातावरण दिवसमा बेलबारीमा वृक्षरोपण कार्यक्रम


बेलबारी, २२ जेठ । बेलबारी जेसिसले विश्व वातावरण दिवस वृक्षरोपण गरेर मनाएको छ । बेलबारी नगरपालिका वडा नं ४ का मा गरिएको वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष चन्द्र लिम्बू रहेका थिए ।

गो ग्रिन बेलबारी नारा दिएर सुरु गरिएको यस कार्यक्रमको संस्थाले चैत ६ गतेबाट यो सुरु भएको थियो । यस अभियान अन्तरगत विभिन्न कार्यालयको परिसरमा वृक्षरोपण गरिएको, हरित बेलबारी बनाउने अभिप्रायले यो कार्यक्रमको आयोजना गरिएको बेलबारी जेसिसका अध्यक्ष नवराज सुवेदीले बताए ।

वृक्ष रोपण कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष चन्द्र लिम्बूले आफू समाजसेवाबाटै यस क्षेत्रमा आएको बताउँदै जेसिसले गरेको कामलाई आफूले नजिकबाट निहालेको बताए। समाजसेवामा पुर्याएको योगदानका धन्यवादसमेत दिए । कार्यकारिणी उपाध्यक्ष प्रशान्त निरौलाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिव बिराज न्यौपाने को रहेको थियो । बेलबारी जेसिसले नेतृत्व विकासका साथै समाजसेवामा समेत योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्