पाँच दिने कृष्टल गरगहना बनाउने तालिम सुरु


बेलबारी, ६ जेठ । बेलबारीमा आज देखी पाँच दिने कृष्टल गरगहना बनाउने तालिम सुरु भएको छ । नेपाल आदिवासी जनजाति महिला महासंघ बेलबारीको आयोजनामा पाँच दिने तालिम सुरु भएको हो ।

अध्यक्ष भगवती क्षेष्ठका अनुसार बेलबारीमा आदिवासी जनजाति महासंघमा सूचीकृत १८ वटा जातिमा महिला प्रतिनिधि हरूको सहभागितामा तालिम गरिएको हो । अध्यक्ष श्रेष्ठ साथै सचिव उषा तामाङले १० गते सम्म हुने तालिमले व्यावसायिक रूपमा प्रशिक्षार्थीहरू भावी दिनमा अगाडी बढ्ने आशा व्यक्त गरिन ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बेलबारीका अध्यक्ष तिलक राईले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहारिक रूपमा लागु गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्