जनप्रतिनिधिद्वारा कबिर माविलाई सिसि टिभी क्यामेरा हस्तान्तरण


बेलबारी, ९ असार । बेलबारी नगरपालिका वडा नं २ का जनप्रतिनिधि दीपेन्द्र लिम्बू (दीपक) ले सोही वडामा रहेको कबिर माविलाई सिसि टिभी क्यामरा उपलब्ध गराएका छन् । आज बुधवार एक कार्यक्रमबिच वडा सदस्य लिम्बूले तीन थान सिसि टिभी क्यामरा र त्यसमा लाग्ने तारसमेत उपलब्ध गराएका हुन् ।

विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका लिम्बूले सुरक्षालाई मध्यनजर गर्दै आफूले विद्यालयलाई सिसिटिभी क्यामरा उपलब्ध गराएको बताए । प्रधानाध्यापक प्रेमकुमार कार्कीले सिसि टिभी क्यामराले विद्यालय तथा त्यहाँ अध्ययनरत बालबालिकाको सुरक्षामा सहयोग पुग्ने बताए । साथै प्रधानाध्यापक कार्कीले मनकारी जनप्रतिनिधि लिम्बूलाई धन्यवादसमेत दिए ।

प्रतिक्रिया दिनुहोस्