अविरल वर्षापछि बेलबारीका विद्यालय ३ दिनका लागि बिदा


बेलबारी, १५ असार । वर्षा नरोकिएपछि बालबालिकालाई विद्यालय आउन कठिन भएको भन्दै बेलबारी नगरपालिकाले ३ दिनका लागि विद्यालय बिदा दिने निर्णय गरेको छ । विगत २ दिनदेखिको परेको पानीले अधिकांश विद्यालयहरू डुबानमा परेका र आवतजावतमा समेत समस्या भएपछि बेलबारी नगरपालिकाले ३ दिन विद्यालय बिदा दिने निर्णय गरेको हो।

नगरपालिकाद्वारा जारी सूचनामा असार १५ गते देखि १७ गतेसम्मका लागि नगरका सबै निजी तथा सामुदायिक विद्यालय बिदा गरिएको जनाइएको छ । बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइरालाले बालबालिकालाई विद्यालय आउन जान कठिन भयकोले आइतबार सम्मलाई बिदा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्