चौथो बेलबारी आइडलको उपाधि मौसम नेपालीलाई


बेलबारी, १८ असार । बेलबारीमा जारी चौथो बेलबारी आइडलको उपधी मौसम नेपालीले प्राप्त गरेका छन् । शनिवार भएको फाइनलद्वारा बेलबारी नगरपालिका वडा नं.१० का मौसम चौथो बेलबारी आइडल भएका हुन ।

फस्ट रनरअप बेलबारी २ की तिर्सना राई र सेकेन्ड रनरअप वडा नं. १ का साजन बराइली भएका छन् । उपाधि विजेतालाई नगद पुरस्कार ३० हजार सहित ट्रफी र प्रमाणपत्र, फस्ट रनरअपले रु.१५ हजार र सेकेन्ड रनरअपले रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । आइडल विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपले ३ महिने निःशुल्क सङ्गीत कोर्स प्राप्त गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख डि.पि राईले पुरस्कार प्रदान गरेका थिए । निर्णायक मण्डलमा भिम बस्नेत, अनुप दियाली र हेम भण्डारी रहेका थिए । कार्यक्रमको सञ्चालन टेक राज मगरले गरेका थिए भने बेलबारी स्रष्टा समाजका अध्यक्ष जे.बि थुलुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्