बेलबारीमा डा. विप्लव ढकाल तथा रेखा सुवेदी पुरस्कृत 


बेलबारी, २७ असार । मोरङ बेलबारीमा भएको एक कार्यक्रमकाबिच कवि विप्लव ढकाल तथा रेखा सुवेदीलाई पुरस्कृत भएका छन् । बेलबारी नगर पालिकाको सभा हलमा डा.नरेन्द्र चापागाईँ स्मृति प्रतिष्ठान विराटनगरद्वारा आयोजित एक कार्यक्रममा स्रष्टा द्वय ढकाल र सुवेदी पुरस्कृत भएका हुन् ।

कार्यक्रममा कवि डा.विप्लव ढकाललाई २१ हजार राशिको नरेन्द्र चापागाईँ स्मृति साहित्य पुरस्कार र कवि रेखा सुबेदीलाई ११ हजार १ सय ११ राशिको नरेन्द्र चापागाईँ युवा प्रतिभा पुरस्कार २०७८ द्वारा सम्मानित गरेको थियो । सम्मानित दुवै स्रष्टाहरूलाई नगदसहित प्रमाणपत्र सहित दोसल्ला ओढाएर कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्राडा टंक न्यौपाने, दधिराज सुबेदी, कविराज न्यौपाने, प्रा डा. बद्रिबिशाल पोखरेल, स्रष्टा समाजका पूर्व अध्यक्ष तथा पूर्व सांसद हर्कमान तामाङ, खेम नेपाली, संविधान सभा सदस्य मधु गुरुङ, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ विवस पोखरेल लगायतकाे उपस्थिति रहेकाे थियो । कार्यक्रममा रचनाबाचन समेत गरिएकाे थियो ।

प्रतिक्रिया दिनुहोस्