अवैध उत्खनन गर्ने दुई स्काभेटर केराबारी अनुगमन टोलीद्वारा नियन्त्रणमा


केराबारी, ६ श्रावण । केराबारी गाउँपालिकाको अनुगमन टोलीले खदम खोलामा अवैध उत्खनन गर्ने दुई स्काभेटर नियन्त्रणमा लिएको छ । गाउँपालिका अध्यक्ष सुमन मिरिङ्गचिङ्ग सहितको अनुगमन टोलीले शुक्रवार स्काभेटर नियन्त्रणमा लिएको हो ।

स्थानीयसहित गाउँपालिकाले गरेको अनुगमनको क्रममा शिवम् क्रसिङ उद्योग र महादेव मिनरल उद्योगको बा २ क ८६४७ र बागमती प्रदेश १–००३–८०८६ नम्बरको दुई वटा स्काभेटर प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन् ।

नियम विपरीत उत्खननमा झनै कडाइ गर्ने र क्रसरले सम्झौता विपरीत अतिरिक्त उत्खनन गरे अविलम्ब कारबाही गर्ने अध्यक्ष सुमनले बताएका छन् । उनले भने, ‘क्रसरहरूले स्टोक गरेको भन्दा जमिन अलिकति पनि उत्खनन गरेको पाए भने तुरुन्त कारबाही हुनेछ ।’

गाउँपालिका उपाध्यक्ष मनमाया मगर, वडा नं ६ का अध्यक्ष उपेन्द्र लुङ्गेली मगर, प्रवक्ता नारायण भुजेल, वडा नं ८ का सदस्यहरू, प्रहरी तथा स्थानीय सहितको टोलीद्वारा अनुगमन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्