बेलबारीमा नयाँ पाठ्यक्रम कार्यान्वयन विषयमा अभिमुखीकरण कार्यक्रम


बेलबारी, ८ श्रावण । राष्ट्रिय निजी तथा आवासीय विद्यालयहरूको संस्था एन प्याब्सन बेलबारीले नयाँ पाठ्यक्रमका सन्दर्भमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी ३ मा रहेको गुरुकुल पाठशालाको सहभाहलमा सम्पन्न कार्यक्रममा नयाँ शैक्षिक सत्रबाट परिवर्तन भएको नयाँ पाठ्यक्रमको विषयमा अभिमुखीकरण गरिएको थियो ।

तालिममा बेलबारीका विभिन्न विद्यालयका झन्डै चार दर्जन जति शिक्षकहरूको सहभागिता रहेको थियो । तालिममा शिक्षकहरूलाई विषयगत रूपमा विभाजन गरी तालिम दिइएको थियो ।

नेपाल सरकारले यस शैक्षिक सत्रबाट कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइको र त्यही सन्दर्भमा शिक्षकहरूलाई जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गुरुकुल पाठशालाका प्रिन्सिपल एवम् एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले बताएका छन् ।

तालिमको सहजीकरण भने प्रशिक्षक हेमराज दाहाल, चेतनाथ निरौला, लोकबन्धु थापा र भेषकुमार खड्काको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्