बेलबारीमा ट्रकसँग कार ठोक्किँदा एक जनाको मृत्यु


बेलबारी, ११ श्रावण । मोरङको बेलबारी नगरपालिकामा रोकिराखेको ट्रकसँग कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिका–४ का राजीव बराइली रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार बिहान ७ बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबारी– १० भाउन्नेमा भाउन्नेमा बिग्रिएर रोकेको को १ ख ८००४ नम्बरको ट्रकसँग पूर्वतर्फ जाँदै गरेका बा ११ च २४५८ नम्बर को कार ठोक्किएको थियो । दुर्घटनामा कारमा सवार बराइली गम्भीर घाइते भएका थिए ।

घाइते उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । यस्तै, कार चालक बेलबारी १ का २२ वर्षीय सन्दीप लामिछाने गम्भीर घाइते भएका छन् । प्रहरीले ट्रक चालक धनकुटा घर भएका ३९ वर्षीय विशाल विकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्