श्रमिक महिला समूह बेलबारीको तेस्रो साधारणसभा सम्पन्न : अध्यक्षतामा इन्दु पौडेल (थापा)


बेलबारी, १५ श्रावण । महिलाको हक हितको क्षेत्रमा काम गरिरहेको संस्था श्रमिक महिला समूह बेलबारी १ को तेस्रो साधारणसभा सम्पन्न भएको छ । बेलबारी ३ मा रहेको ड्रिमल्याण्ड फनको सभाहलमा संस्थाले एक कार्यक्रमका बिच आफ्नो तेस्रो साधारण सभा सम्पन्न गरेको हो ।

बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापाले उद्घाटन गरेको उक्त साधारण सभाबाट इन्दु पौडेल (थापा) को अध्यक्षतामा नयाँ कार्य समितिको चयन भएको छ । उपाध्यक्ष शावित्रा सिंगक लिम्बू, सचिवमा इषा तामाङ, सह–सचिवमा साहारा ढकाल र कोषाध्यक्षमा ख्याम गुरुङ चयनमा भएका छन् ।

त्यस्तै सदस्यहरूमा संजिता खड्गी, अन्जला श्रेष्ठ, पूजा श्रेष्ठ, प्रीति तामाङ, सविता गुरुङ, रन्जु शाह, मैना गुरुङ थापा र सीता शाह रहेका छन् । विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको यस संस्थाले विभिन्न सिपमूलक तालिमसित सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्