केराबारी गाउँपालिकाद्वारा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु


केराबारी, २१ श्रावण । केराबारी गाउँपालिकाले वडामै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको छ । शनिवार सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँपालिकाले वडा नं. १ बाट भत्ता वितरणको सुरुवात गरेको हो ।

वडा नंं.१ पाटीगाउँमा आयोजित उक्त कार्यक्रममा गाउँपालिका प्रमुख सुमन मिरिङचिङ र उपप्रमुख मनमाया मगरले भत्ता वितरण गरेर सुरुवात गरेका हुन । एनआइसी एसिया बैँक केराबारीसँगको सहकार्यमा वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको गाउँपालिकाले जनकारी दिएको छ ।

वृद्ध तथा अशक्त आमाबुवाहरूलाई सहजै भत्ता प्रदान गर्ने उद्देश्यले वडाबाटै सुरु गरेको गाउँपालिका प्रमुख सुमन मिरिङचिङले बताए । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता नारायण भुजेल, एनआइसी बैँकका प्रतिनिधि, भत्ता लिन आएका स्थानीय आमा बुवाहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्