बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गी विरुद्ध करणीको उजुरी दर्ता


बेलबारी, २२ श्रावण । बेलबारी नगरपालिकाका कार्यपालिका सदस्य विजय तोलाङ्गी विरुद्ध ‘जबरजस्ती करणी मुद्दा’ को उजुरी दर्ता भएको छ । जिल्ला प्रहरी मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) का अनुसार इलाका प्रहरी कार्यालय बेलबारीमा शनिवार एक किशोरीले तोलाङ्गी विरुद्ध उजुरी दर्ता गरेकी हुन ।

उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई श्रावण १८ गते केराबारी गाउँपालिकाको जेफाले लगी बलात्कार गरेको आरोप लगाएको छ । तोलाङ्गी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत हुन ।

उजुरी परेसँगै तोलाङ्गीको मोबाइल फोन अफ रहेको छ । अहिले तोलाङ्गीको खोजी कार्य भइरहेको र किशोरीको उजुरी अनुसार अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए ।

प्रतिक्रिया दिनुहोस्