अल स्टार एफसि टोकियोलाई फस्ट डाइमण्ड कप २०२२को उपाधि


टोकियो, २४ साउन । डाइमन्ड नारिता फुटबल क्लबको आयोजनामा भएकाे फुटसल प्रतियोगिता  उपाधि अल स्टार एफसि टोकियोले उपाधि जितेको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ अगस्ट ७ तारिख आइतबारको दिन  चिबाकेनको नारितासिमा भएको खेलमा  काभ्रेली समाज जापानलाई २ –१ गोलको अन्तरले पछि पार्दै अल स्टारले पहिलो उपाधि जित्न सफल भएको हो । टुर्नामेन्टमा दोस्रो स्थान काभ्रेली समाज जापान र तेस्रो स्थान लमजुङ कालिका एफ सि भएको थियो ।प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल अ स्टार एफसि टोकियोलाई ५ लाख ११ हजार १११ येनसहित ट्रफी मेडल र प्रमाणपत्र दोस्रो स्थान हासिल गर्न सफल काभ्रेली समाज जापान२ लाख २२ हजार २२२ येनसहित ट्रफी मेडल र प्रमाणपत्र र प्रदान यसै गरी तेस्रो स्थान हासिल गर्न सफल लमजुङ कालिका एफ सिलाई ५३ हजार ३३३ येनसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका उपाध्यक्ष एजिन राईले जनाएको छ ।

यसै गरी प्रतियोगिताको अनुशासित टिम तर्फ सिजोओका युनाइटेड क्लब, वेस्ट प्लेयर तर्फ काभ्रेली समाज जापानका रजिन पाण्डे , वेस्ट डिफेन्स तर्फ लमजुङ कालिका एफ सिका अर्जुन गुरुङ ,वेस्ट किपर तर्फ अ स्टार एफसि टोकियोका प्रवीन घर्ती मगर र सर्वाधिक गोलकर्ता तर्फ डायमन्ड नारिताका नवीन तामाङले उपाधि जितेका थिए । अनुशासित टिमको उपाधि जितेका सिजोओका युनाइटेड क्लबलाई २११११ येनको साथमा ट्रफी , उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्ता १०–१० हजार येन प्रदान गरिएको थियो ।

एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष नवीन नेउरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रम मा एनआरएनए एलसिसि चिबा संयोजक मुक्ति राज रेग्मी, कास्की पोखरा समाज जापानका अध्यक्ष विश्व सुबेदी, एनआरएनए एलसिसि चिबाका उपाध्यक्ष सुरज राई लगायतको उपस्थिति रहेको थियो ।

जापानमा रहेका नेपालीहरूबिच भाइचारा, मेलमिलाप र आपसी सद्भावलाई अझ प्रगाढ बनाउने उद्देश्यले डाइमन्ड नारिता फुटबल क्लबको आयोजनामा फुटसल प्रतियोगिता आयोजना भएको  हो ।

प्रतिक्रिया दिनुहोस्