सुन्दरहरैचाको सुकुना मा. विको तिन तलामाथिबाट खसेर एक छात्रा गम्भीर घाइते


सुन्दरहरैचा, २५ श्रावण । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. १० मा बुधवार सुकुना माध्यमिक विद्यालयको तिन तलामाथिबाट खसेर एक जना छात्रा गम्भीर घाइते भएकी छन् । कक्षा १० मा अध्ययनरत वर्ष १६ की युनिका चौधरीकी घाइते भएकी हुन ।

विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा चौधरीलाई उपचारको लागि लगिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । प्रहरीका अनुसार खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । विद्यालयले भने युनिका आफैँले हामफालेको बताएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चौधरीको स्थायी घर सप्तरी बोदेवरसाइन गाउँपालिका ३ भएको र हाल सुन्दरहरैचा १२ स्थित भोला खतिवडाको घरमा डेरामा बस्दै आएकी थिइन । चौधरीको घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धामलाले बताए ।

प्रतिक्रिया दिनुहोस्