बेलबारीको जंगलमा १४ वर्षीय बालिका बलात्कृत : अभियुक्त सन्तोष नेपाली पक्राउ


बेलबारी, २६ श्रावण । बेलबारीका २१ वर्षीय सन्तोष नेपाली बालिकाको बलात्कारको आरोपमा पक्राउ परेको छ । अभियुक्त सन्तोष पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेको हो ।

सन्तोषले निगुरो टिप्न जाऊँ भन्दै बेलबारीको सिंहदेवी सामुदायिक वन भित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । सन्तोषलाई सोमबार राति घरैबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

बालिकाले सुरक्षाको लागि प्रहरीलाई आग्रह गरे पछि बलात्कारको घटनाबारे थाहा भएको र सन्तोष विरुद्ध जबरजस्ती करणी मुद्दाको जाहेरी अनुसार अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्