बेलबारी १ ले सुरु गर्याे जनचेतना तथा सरसफाइ अभियान


बेलबारी, २९ श्रावण । सडक क्षेत्रमा अवैधानिक रूपमा मानव उपयोग बढ्न थाले पछि बेलबारी नगरपालिका वडा नं १ ले सचेतनामार्फत ती सामग्रीहरू हटाउन थालेको छ । जनचेतना फैलाउँदै सडक तथा घर वरिपरि सफा राखाै भन्ने जनचेतना फैलाउने उद्देश्यकासाथ यस्तो कार्यक्रमको सुरुवात गरेको वडा कार्यालयले जनाएको छ ।

जनचेतना फैलाउने उद्देश्यले वडा कार्यालयले सरसफाइ अभियान सुरु गरेको वडा अध्यक्ष मणि पुलामी मगर बताउँछन् । शनिवारबाट सुरु गरिएको अभियान नियमित रहने, सडकमा डस्टविन राख्ने, मानवउपाेगलाई न्यूनीकरण गर्दै सडकलाई दुर्घटनारहित बनाउने योजना रहेको अध्यक्ष मगर बताउँछन् ।

डाेजरसहित अभियानमा जुटेको वडा कार्यालयले सडक क्षेत्रभित्र रहेका बोटबिरुवा, संरचना हटाउन थालेको छ । पछिल्लो समय सडक मिचेर व्यक्तिगत संरचना बनाउने, बिस्कुन सुकाउने तथा पशु चौपाया बाँध्ने क्रम बढेको छ ।

यसलाई निरुत्साहित गर्ने अभिप्रायले आयोजना गरिएको कार्यक्रमलाई स्थानीयले पनि सकारात्मक रूपमा लिएका छन् । तर यसलाई नियमित गर्नु पर्ने उनीहरूको माग रहेको छ । कार्यक्रममा वडा जनप्रतिनिधि तथा स्थानीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्