नसर्ने रोगबारे बेलबारीमा एक दिने अभिमुखीकरण


बेलबारी, २९ श्रावण । बेलबारी नगरपालिकाले नसर्ने रोग सम्बन्धी एक दिन अभिमुखीकरण कार्यक्रम गरेको छ । नगरपालिकाको बेतना सभाहलमा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।

नसर्ने रोगले विश्वलाई नै आक्रान्त पारिरहेकोले अवस्थामा यो कार्यक्रमको आयोजना गरिएको र जनतामा यससम्बन्धी जानकारी गराउने उद्देश्य रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्मा बताउँछन् । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की, शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला, बेलबारी नगर अस्पतालका सुपरिटेण्ड डा. उमेश शाह लगायत स्वास्थ्य तथा शिक्षा विभागका प्रमुखको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा ११ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरूका साथै स्वास्थ्यकर्मी तथा संचारकर्मीकाकाे समेत सहभागिता रहेको थियो । कार्यक्रममा विएन सी अस्पतालका वरिष्ठ सर्जन डा. लक्ष्मण ठाकुर, विराट मेडिकल कलेजका क्यान्सर रोग विशेषज्ञ अस्मिता रायमाझी, बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माको प्रस्तुति रहेको थियो ।

नसर्ने रोगबाट हरेक वर्ष लाखाैकाे ज्यान गइरहेको भए पनि, स्वास्थ्यको उपलब्धता रहँदा रहँदै पनि जनचेतनाका कारण चुनौती रहेको विशेषज्ञ वक्ताहरूको भनाइ रहेको थियो । सहभागीले नसर्ने रोगसँग सम्बन्धित भएर राखेका सवालको विशेषज्ञहरूले जवाफसमेत दिएका थिए ।

बेलबारी नगरपालिकाले विगतदेखि नै मुटुरुग, किड्नी लगायतका विभिन्न पाँच प्रकारका रोगका लागि आर्थिक सहयोग गरिरहेको छ । नगरप्रमुख दिलप्रसाद राईले स्वास्थ्यलाई माया नगर्दा विभिन्न रोगहरू निम्त्याइरहेकाे बताउँदै आफ्नो ज्यानको माया गर्न सबैलाई आग्रह गरे ।

बेलबारीवासीलाई स्वास्थ्य राख्नु नै आफूहरूको लक्ष रहेको बताउँदै नगरप्रमुख राईले बेलबारीबाट विशेषज्ञ सेवा हासिल गरेका डक्टरहरूलाई महिनाको एक दिन स्वयम् सेवा प्रदान गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्