सगरमाथा आरोही तथा प्रकृति संरक्षण अभियन्ता बुवा पि.के शेर्पा र छोरा सोनाम


बेलबारी, ०७ भदौ । यस भिडियोमा ताप्लेजुङको मैवाखोलाका पूर्णकुमार (पीके) शेर्पा र उनका १७ वर्षीय छोरा सोनाम शेर्पासँगको कोशी नेपालसँगको कुराकानी । प्रकृति संरक्षण अभियानमा बुवा र छोरा दुवैसँगै सन्देश दिँदै हिँडिरहेका छन् । दुवैलेसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण पनि गरे ।

२०२१ मे २३ मा दुवैलेसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका हुन । अहिले सम्मकै कान्छो सगरमाथा आरोही रहेका छोरोको दाबी पनि रहेको छ । सोनामले १६ वषको उमेरमा सगरमाथा आरोहण गरेका हुन । जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिँदै गर्दा संरक्षणको लागि सन्देश प्रदान गर्ने अभियानमा बाँकी छ महादेशका अग्ला हिमाल पनि चढ्ने अठोट गरेका छन्।

प्रतिक्रिया दिनुहोस्