बेलबारीमा प्रथम तरुण गोल्डकप २०७९ हुने


बेलबारी, १८ भाद्र । युवाहरूलाई खेलकुदको माध्यमबाट व्यक्तित्व विकास गराउने उद्देश्यले बेलबारीमा प्रथम तरुण गोल्डकप २०७९ हुने भएको छ । नेपाल तरुण दल क्षेत्र नम्बर ३ को आयोजनामा हुने गोल्ड कपको बारेको बारेमा बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी गराएको हो ।

प्रतियोगिता भाद्र २१ गतेदेखि असोज ५ गतेसम्म बेलबारी १०, भाउन्ने स्थित प्रस्तावित डाँगिहाट रङ्गशालामा हुने तरुण गोल्डकपका खेल संयोजक युबेन गुरुङले बताए । तरुण दल क्षेत्र नम्बर ३ का सभापति छत्र लिम्बुले प्रतियोगिताका बारेमा जानकारी गराउँदै नेपालमै पहिलो पटक तरुण दलको आयोजनामा प्रतियोगिता हुन लागेको बताए । ‘तरुण दलले नै गर्छ सारा युवाहरूको एकता, खेलकुदले नै गर्छ, जीवन स्वास्थ्य राख्ने प्रतिबद्धता भन्ने’ मूल नाराका साथ हुन लागेको गोल्डकप युवाहरूमा एकता मात्र नभएर खेलकुद क्षेत्रको समग्र विकासका लागि कोशे ढुङ्गा साबित हुने भन्ने पनि सभापति लिम्बुको भनाइ रहेको छ ।

प्रतियोगितामा बेलबारी, सुन्दरहरैंचा, पथरीशनिश्चरे र कानेपोखरीका गरी जम्मा २६ वटा टिमहरू सहभागी हुनेछन् । प्रतियोगितामा विजेता टिमलाई दुई लाख एक हजार नगद, ट्रफि र प्रमाणपत्र, उपविजेता टिमलाई एक लाख एक हजार नगद, ट्रफि र प्रमाणपत्रका साथै प्रत्येक खेलमा म्यान अफ दि म्याच समेत प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्