आइ.एम.ई विराटचोकको अवार्ड तथा रिफ्रेसमेन्ट कार्यक्रम


बेलबारी, १८ भाद्र । आइ.एम.ई लाइफ विराटचोक शाखाले अवार्ड तथा रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरेको छ । बेलबारी –३ मा रहेको ड्रिमल्याण्ड फन पार्कको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर गत आ.व.को व्यवसायमा आधारित भएर अवार्ड तथा थप व्यवसाय प्रवर्धनका लागि रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न गरेको हो ।

विराटचोक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा वर्षभरि उत्कृष्ट टिम व्यवसाय गर्ने, सबैभन्दा धेरै एजेन्सी विस्तार गर्ने, व्यक्तिगत कोडमा सबैभन्दा बढी व्यवसाय गर्ने लगायतका शीर्षकका पुरस्कृत गरिएको थियो । कार्यक्रममा कम्पनीका तालिम प्रमुख सुनिल आचार्यको व्यवसाय प्रवर्धनका क्रममा आइपर्ने समस्यामा आधारित र (CMO) व्यवसाय प्रमुख कर्मराज पौडेलले कम्पनीको परिचय तथा आ.व. २०७९/०८० को स्किमको बारेमा विशेष प्रस्तुतिसहितको मोटिभेशनल प्रस्तुति रहेको थियो । कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख मिलन दाहाल, सिनियर एजेन्सी म्यानेजर, एजेन्सी म्यानेजर तथा नयाँ एजेन्सीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा पुरस्कृत व्यक्तिको तर्फबाट आफ्ना अनुभव प्रदान गरिनुका साथै विशेष साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । शाखा प्रमुख यामनाथ दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने एजेन्सी म्यानेजर द्वय सञ्जीव भट्टराई र खगिन्द्र तिम्सिनाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्