महारानी एलिजाबेथ द्वितीयको निधन


बेलायत, ९ सेप्टेम्बर । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथ द्वितीयको ७० वर्ष शासन गरेपछि ९६ वर्षको उमेरमा बालमोरलमा निधन भएको छ । एक विज्ञप्ति मार्फत बकिंघम दरबारले रानीको निधन भएको सार्वजनिक गरेका हुन ।

युकेको समय अनुसार रानी बिहीबार दिउँसो बालमोरलमा मृत्यु भयो दरबारले जनाएको छ । उनी अङ्ग्रेजी वर्ष १९५२ मा रानी सिंहासनमा आएकी थिइन । रानीको मृत्यु सँगै उनको जेठो छोरा चार्ल्स, वेल्सको पूर्व राजकुमार, नयाँ राजा र १४ राष्ट्रमंडल क्षेत्रहरूको लागी राज्य प्रमुखको रूपमा शोकमा देशको नेतृत्व गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्