तामाङको “ब्रुनाेकाे देशमा” कथासङ्ग्रह सार्वजनिक


बेलबारी, २५ भाद्र । बेलबारीका पुराना स्रष्टा हर्कमान तामाङको बालकथासङ्ग्रह ब्रुनाेकाे देशमा आज एक कार्यक्रमकाविच विमोचन गरिएको छ । बेलबारी -३ मा रहेको जनजाति सांस्कृतिक सभाहलमा आयोजित कार्यक्रममा उक्त कृत्तिको विमोचन गरिएको हो ।

कार्यक्रममा संस्कृतिकर्मी मधु गुरुङ, देवी पन्थी, डा. दीपकप्रसाद न्यौपाने, भारतीय स्रष्टा, कैलाश पाण्डे, मुक्तिनाथ शर्मा, मेहरमान सुब्बा, सुजनहाङ, राजकुमार तिम्सिना लगायतको उपस्थिति रहेको थियो । पुस्तक विमोचन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले समाज परिवर्तनको महत्त्वपूर्ण भूमिका रहेको कला साहित्यको विकासमा नगरपालिकाले उत्तिकै ध्यान दिएको बताए । नगरप्रमुख राईले भाषा साहित्यका विशेष योगदान दिएकोमा कथाकार तामाङलाई धन्यवादसमेत दिए ।

भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपानेले विषयवस्तुका हिसाबले विदेशीजस्तो देखिए पनि ब्रुनाेकाे देशमा सङ्‌कलित कथाले लाक्षणिक रूपमा नेपाली विषयवस्तु र परिवेशलाए समेत समेटेको बताए । २०४५ सालमा प्रकाशन भएको यो कृत्तिको बेलबारी साहित्य विकास समितिले दोस्रो संस्करण बाहिर ल्याएको हो ।

उक्त विमोचित कृति माथि प्रा.डा. टङ्‌कप्रसाद न्यौपाने, प्राज्ञ गङ्‌गा सुवेदी, भारतीय स्रष्टा मेहरमान सुब्बा, एम पथिक लगायतले टिप्पणी गरेका थिए । कार्यक्रममा रचना वाचनसमेत गरिएको थियो । संस्थाकी अध्यक्ष तिला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव धनजीत पराजुलीकाे रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्