सुन्दरहरैँचा नगरपालिकाद्वारा भूमिहीन सुकुम्वासीहरूलाई निस्सा वितरण कार्य सुरु


सुन्दरहरैँचा, २८ भदौ । सुन्दरहरैँचा नगरपालिकाले भूमिहीन सुकुम्वासीहरूलाई निस्सा वितरण कार्य सुरु गरेको छ । सुन्दरहरैँचा वडा नं. १० स्थित एकता बस्तीबाट निस्सा प्रमाण वितरण सुरु गरेको हो ।

सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले एकता बस्तीको विगतमा भएका सङ्घर्षलाई स्मरण गर्दै जसरी पनि लालपुर्जा दिलाउने प्रतिबद्धता गरेका छन् । उनले भने, “विगतमा यो सुकुम्वासी बस्ती उठाउन प्रहरीले केही घरमा आगो लगाएका थिए । बस्तीको संरक्षणमा हामीले सबै मिलेर सङ्घर्ष गरेका थियौ । त्यस बेला म पनि एक हु, अगाडी उभिएर बस्तीको सुरक्षामा लडेको थिए ।”

वडा नं. १० का अध्यक्ष राजकुमार राईले पनि विगतमा बस्ती संरक्षणमा खेलेको भूमिका प्रति नगर प्रमुख गुरागाईँलाई धन्यवाद व्यक्त गरे । विगतमा भू-माफियाहरूले बस्तीको जग्गा हड्पने कोसिस गर्दा नेकपा एमालेको नेतृत्वमा भएको सङ्घर्षले संरक्षण गर्न सफल भएको राईले बताए । चाडै जग्गा नाप्ने कार्य सुरु हुने जानकारी गराउँदै नापजाँचमा सहयोग पुराउन बाटो तथा घर वरिपरि सरसफाइ गर्दिन स्थानीयलाई राईले आग्रह गरेका छन् ।

निस्सा वितरण भए पनि स्थानीय भने उत्साहित भएका छन् । लालपुर्जा पाउँछु भन्ने विश्वास भएको स्थानीयहरू बत्ताऊ छन् । चाँडो लालपुर्जा वितरण गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्