एन प्याब्सन बेलबारीको वक्तृत्वकला प्रतियोगिता


बेलबारी, भाद्र ३० । राष्ट्रिय निजी तथा आवासयीय विद्यालयहरूको सङ्गठन एन प्याब्सन बेलबारीले सञ्चालन गरेको नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा बेलबारी –२ मा रहेको श्री शिक्षा सन्देश इङ्लिस स्कुलकी छात्रा दीक्षा कार्कीले प्रथम स्थान हासिल गरेकी छन् ।

 

५८ औँ बाल दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगिताको मावि तहतर्फ गुरुकुल पाठशाला बेलबारी –३ की छात्रा रेजिना बस्नेतले दोस्रो स्थान हासिल गरिन् भने माउन्ट एभरेस्ट इङ्लिस स्कुल बेलबारी ११ की छात्रा अमिशा राउतले तृतीय स्थान हासिल गरिन् ।
प्रतियोगितामा डेल्टा इङ्लिस स्कुल बेलबारी –४ का छात्र अमृत तामाङ र कबिर मावि बेलबारी २ का छात्र रियास राईले सान्त्वना स्थान हासिल गरे ।

त्यस्तै आधारभूत तहको प्रतियोगितामा मोरङ ज्ञानोदय बेलबारी ११ का छात्र प्रमोद पोखरेल प्रथम भए भने डेल्टा स्कुलका मिलन पौडेल द्वितीय र गुरुकुल पाठशालाका उपासना पौडेलले तृतीय स्थान हासिल गरिन् । त्यस्तै प्रतियोगितामा भानु मेमोरियल शैक्षिक गुठी बेलबारी १ की छात्रा कृपा सुवेदीले सान्त्वना स्थान हासिल गरिन् ।

विजयी छात्र तथा छात्रालाई कार्यक्रमका अतिथिसमेत रहेका एन प्याब्सन मोरङ सदस्य नारायण ढकाल तथा गुरुकुल पाठशालाका प्रिन्सिपल तथा एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्