चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन


काठमाडौं, ५ असोज । भारतका चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । आज बुधवार ५८ वर्षको उमेरमा दिल्लीमा श्रीवास्तवको निधन भएको हो ।

श्रीवास्तवका परिवारका अनुसार बिहान १०.२० मा निधन भएको हो । उनलाई हृदयाघातको कारण उपचारको लागि अगस्ट १० मा दिल्लीको एम्समा अस्पतालमा भर्ना गरिएको थियो । एक महिनाभन्दा बढी समयदेखि राजु भेन्टिलेटरमा थिए ।

प्रतिक्रिया दिनुहोस्