बेलबारीमा खेलाडीलाई सम्मान


बेलबारी, १० असोज । हालै सम्पन्न प्रथम तरुण गोल्ड कप २०७९ का विजयी खेलाडीलाई बेलबारीमा सम्मान गरिएको छ । बेलबारी २ लालभित्तीमा रहेको रमिते सामुदायिक वनको सभाहलमा नेपाल दरुण दल बेलबारी २ द्वारा आयोजित कार्यक्रममा विजयी खेलाडीलाई सम्मान गरिएको हो ।

नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि द्वय राजकुमार लिम्बू र रामहरि कोइराला, बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइराला लगायतकाले विजयी खेलाडीलाई सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि एवम् महाधिवेशन प्रतिनिधि राजकुमार लिम्बूले खेलकुदलाई पढाइको एक अङ्ग बनाउनु पर्ने बताउँदै नागरिक स्वास्थ्य भएमा मात्र देशको विकास सम्भव हुने बताए । खेलले मानिसलाई स्वास्थ्य मात्र नबनाएर देश विदेशमा नाम कमाउने र त्यसबाट अर्थ उपार्जनसमेत गर्ने नेता लिम्बू भनाइ रहेको छ ।

बेलबारी नगरपालिकाका उपप्रमुख नीतु कोइरालाले देशमा धेरैजसो युवाहरू विकृति र विसङ्गतिमा फसिरहेको खबर आइरहँदा बेलबारीका युवाहरूले भने खेलकुदमा संलग्न भएर नगरलाई नै चिनाउने काम गरेकोमा खुसी व्यक्त गरिन् । उनले नगरले खेलकुद विकासका लागि काम गरिरहेको पनि बताइन् । कार्यक्रममा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि रामहरि कोइराला, नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ नेका क्षेत्रीय सचिव राजेन्द्रबहादुर अधिकारीलेले खेलाडीलाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा कार्यक्रममा बेलबारी नगरपालिका वडा नं २ का निर्वाचित जनप्रतिनिधि दीपक लिम्बू नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नं ३ का सचिव राजेश खत्री, प्रजातन्त्रका सेनानी शम्भु पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा प्रतियोगितामा घाइते भएका खेलाडी रञ्जन मगरलाई आर्थिक सहयोगबापत रु २० हजार प्रदान गरिएको थियो । बेलबारी तरुण दलका सभापति अनिल कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने काङ्ग्रेस क्षेत्र नं ३ ‘ख’ का सचिव तिलक लिम्बूको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्