अर्किडको दसैँ शुभकामना आदानप्रदान कार्यक्रम


बेलबारी, १७ असोज । लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था अर्किड बेलबारीले दसैँको शुभकामना आदानप्रदान । बेलबारी –२ लालभित्तीमा मुख्य कार्यालय रहेको संस्थाले कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका वडा नं २ का अध्यक्ष कृष्णबहादुर गुरुङले अर्किडले बेलबारीमा रहेर राम्रो काम गरिरहेकोमा खुसी व्यक्त गर्दै स्थानीय सरकार यस्ता संस्थासँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

अर्किडका संस्थापक तथा सिपिसियसका निर्देशक नवराज पोखरेलले विगत लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गरिरहेको बताउँदै त्यसको लागि स्थानीय सरकारको सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा स्थानीय अग्रज डिल्लीबहादुर थापा, अर्किडका कार्यक्रम संयोजक रेवती तिवारी, वडा सदस्य दीपक लिम्बू, मञ्जु रिजाल, स्थानीय लेखक तथा पत्रकार केशु विरही, शुक्रवारे युवा क्लबका सचिव तोया पोखरेल लगायतकाले शुभकामना मन्तव्य दिँदै संस्थाले खेलेको भूमिकाको बारेमा खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा बालबालिकालाई टीका, जमरा तथा दक्षिणासमेत दिइएको थियो ।
२०७२ सालमा स्थापना भएको यस संस्थाले विभिन्न संस्थाको सहकार्यमा नियमित रूपमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

स्थानीय कबिर माविको कक्षा सातमा अध्ययनरत छात्रा उत्सव वि.क.को सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन भने अर्किडका सचिव हर्कराज बस्नेतको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्