बेलबारीमा प्रथम बेलबारी टी २० क्रिकेट प्रिमियम लिग हुने 


बेलबारी, १८ असोज । खेलाडीको पहिचान गर्दै खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्का साथ बेलबारीमा प्रथम बेलबारी टी २० क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
आयोजकले आज (मङ्गलवार) बेलबारीमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बेलबारी क्रिकेट क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य ‘विपिन’ले खेलाडीको पहिचान गर्दै बेलबारी क्रिकेट खेलको विकास गर्ने  उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको बताए ।

‘बेलबारी नगरको पहिचान, क्रिकेट विकासमा हाम्रो ध्यान’ भन्ने नाराका साथ बेलबारी ४ स्थित बेतना युनाइटेड खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न ६ वटा करपोरेट संस्थाले भागलिने आयोजकले जानकारी गराएको छ । मङ्सिर १० गते उद्घाटन हुने प्रतियोगिताको फाइनल खेल १७ गते हुनेछ ।

बेलबारी नगरपालिकाका सामाजिक विकास समितिका अध्यक्ष एवम् ११ नं वडाका अध्यक्ष विक्रम वान्तवा राईले आफूहरू बेलबारीको खेलकुदको विकासमा लागिरहेको बताए । साथै खेलकुदको विकासमा नगरपालिकाको पूर्ण सहयोग रहने पनि प्रतिबद्धता जायर गरे ।
पत्रकार सम्मेलनमा बेलबारी क्रिकेट क्लबका टिम क्याप्टेन अमित भगत, संस्थाका कोषाध्यक्ष सुनिल खनाल, बेलबारीका युवा अभियानकर्मी पेरिस सुवेदी लगायतको सहभागिता रहेको थियो ।

२०७१ सालमा स्थापना भएको यस संस्थाले प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
बेलबारी क्रिकेट क्लबका अध्यक्ष ऐश्वर्य प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन भने संस्थाका सचिव पुष्कल सुवेदी ‘सियोम’को रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्