बेलबारी प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी


बेलबारी, १६ असोज । मोरङको बेलबारी प्रज्ञा–प्रतिष्ठानको अध्यक्षमा रेखा सुवेदी राई चयन भएकी छिन । साहित्य, कला, भाषा, सङ्गीत, संस्कृति, नाटक आदि क्षेत्रमा सक्रिय व्यक्तिहरूको शनिवार भएको भेलाद्वारा सुवेदी अध्यक्षमा चयन भएकी हुन ।

बेलबारी प्रज्ञा–प्रतिष्ठान ऐन–२०७८ को परिच्छेद २, धारा ३ (१) अनुसार साहित्यकार रेखा सुवेदीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो । उक्त तदर्थ समिति बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको अध्यक्षतामा, उपप्रमुख नितु थापा कोइराला, शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालालगायतको उपस्थितिमा गठन गरिएको थियो।

सोही तदर्थ समितिले ऐनको धारा ४ (१) अनुसार १० जना सदस्य थप र कार्य विभाजन गरी प्रज्ञा समितिलाई पूर्णता पाएको हो। उपाध्यक्षमा धनजित पराजुली (भाषा–साहित्य), गणेश तामाङ लामा आँसु (ललितकला–साहित्य), हिमाब्शु राय (साहित्य), मनकुमार गुरुङ (सङ्गीत–संस्कृति) र अजित कुमार धिमाल (भाषा–अनुसन्धान) चयन भएका छन् ।

सचिवमा कुलप्रसाद बराल (साहित्य), कोषाध्यक्ष शेखर थापामगर (नृत्य–सङ्गीत) छन्। सदस्यमा टेकबहादुर मगर (साहित्य–सङ्गीत), उमा सिजापति (साहित्य), निर्मला गौतम (भाषा–साहित्य), उपेन्द्र राई (नृत्य–चलचित्र), राजु परियार (साहित्य), विकास बुढाथोकी (नाटक) चयन भएका छन्। सदस्यमा सञ्जीव कटुवाल (साहित्य), प्रेम गुरुङ (साहित्य), लक्ष्मी रेग्मी सुवेदी (भाषा–साहित्य), मेखबहादुर कार्की (सङ्गीत) ललितकला), कलावती खवास (लोकनृत्य–अभिनय), महेन्द्र गिरी (साहित्य) र रिपुमर्दन खड्का (साहित्य) चयन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्