लिटल काशीको फाइनल सोमबार : प्रतिस्पर्धी २९


विराटनगर, १८ कार्तिक / जय मिडिया म्यानेजमेन्ट प्रालिले आयोजना गरेको तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोसी २०१९ को फाइनल सोमबार इटहरीमा हुने भएको छ ।

साँझदेखि सुरु हुने उक्त प्रतियोगिताको फाइनलमा २९ जना पुगेका छन् । स्कूले विद्यार्थीहरूको प्रतिभा उजागर गर्नुको साथै उनीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगर, इनरुवा, धरान र धनकुटाका प्रतियोगीहरू सहभागी छन् ।

यस अघि फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट सो’ देखाएका थिए । उनीहरूले नृत्य,गीत, चित्रकला, कविता पस्किए ।

प्रतिक्रिया दिनुहोस्