बेलबारीमा धिमाल फुटबल प्रतियोगिता हुँदै


बेलबारी, २४ असोज । धिमाल युवालाई खेलकुदतर्फ आकर्षित गराउने उद्देश्यका साथ बेलबारीमा धिमाल फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले बेलबारी –३ मा रहेको ड्रिमल्यान्ड फनमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कुराको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा धिमाल जातीय विकास केन्द्र नगर समिति बेलबारीका सचिव तिलककुमार धिमालले खेलकुदको विकास गर्दै युवाहरूलाई खेलकुदमा आकर्षित गर्ने उद्देश्यले यो प्रतियोगीको सञ्चालन गर्न लागिएको बताए । बेलबारी ३ मा रहेको प्रस्तावित बेलबारी रङ्गशालामा असोज २८ देखि कार्तिक ५ गते सम्मा सञ्चालन हुने प्रतियोगितामा नगरभरिका विभिन्न ११ ओटा टिमले सहभागिता जनाउने खेल संयोजक देवेन्द्र धिमाल बताउँछन् ।

कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सचिव रुक्मिणि धिमाल, केन्द्रीय सचिवालय सदस्य तथा सङ्गठन विभाग प्रमुख अजित कुमार धिमाल लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्