मोरङको क्षेत्र नं.३ मा उम्मेदवारले कस्ले के चुनाव चिन्न पाए (सूचिसहित)


मोरङ, २६ असोज । उम्मेदवारहरूले आज चुनाव चिन्न प्राप्त गरेका छन् । मोरङको क्षेत्र नं.३ मा प्रतिनिधि सभा र प्रदेश सभा ५१ जान उम्मेदवारहरूले चुनाव चिन्न पाएका छन् ।

पार्टीको चुनाव चिन्नसँगै स्वतन्त्र उम्मेदवारहरूले लालटिन, बिजुलीको चिम, ट्रफी, जेब्रा, सिएफल चिम, हेलमेट, क्रस खुकुरी, चापाकल, अर्ना, छत्रे टोपी, अङ्गुरको झुप्पा, टि–टेबल, माछा, नरिवल, पानीको फिल्टर, मौरी, चेस बोर्ड, जोडी चप्पल, सेल रोटीको चाङ, बिरालो, टेलिभिजन, क्यामेरा, मुढा, पुतली लगायत चुनाव चिन्न प्राप्त गरेका छन् ।

नेकपा एमालेको सूर्य, नेपाली काँग्रेसको रुख, राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो, नेकपा एकीकृत समाजवादीको कलम, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरी, मङ्गोल नेशनल अर्गनाईजेशनको कुखुराको भाले, लोकतान्त्रिक समाजवादी पार्टीको साइकल, राष्ट्रिय जनमुक्ति पार्टीको घर, खम्बुवान राष्ट्रिय मोर्चा नेपालको हथौडा, हाम्रो नेपाली पार्टी लौरो, नेकपा मालेको हँसिया र तारा, नेपाल मजदुर किसान पार्टीको मादल, नेशनललिष्ट पिपुल्स पार्टीको लाटोकोसेरो, राष्ट्रिय स्वतन्त्र पार्टीको गोलाकार भित्र घण्टी चुनाव चिन्न रहेको छ ।

प्रतिनिधिसभा सदस्य पदका ३१ जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका थिए भने प्रदेश सभा सदस्य पदमा १ बाट ७ र २ बाट १५ जनाले मनोनयन दर्ता गरेका थिए । तर प्रदेश सभा सदस्य पदका लागि २ जना स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन फिर्ता लिएका छन् ।

क्षेत्र नं.३ को २ बाट नेकपा माओवादीका प्रदेश सदस्य तथा बेलबारी नगर समितिका इन्चार्ज तिलक प्रसाद राई र कञ्चन कुमार बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका छन् । बुढाथोकी निवृत्त शिक्षक हुन ।

प्रतिक्रिया दिनुहोस्