धिमाल गाउँकप फुटबल प्रतियोगिताको उद्घाटन


बेलबारी, २८ असोज । धिमाल युवालाई खेलकुदमा आकर्षण गराउँदै समाज विकासमा अग्रसर गराउने उद्देश्यका साथ बेलबारीमा धिमाल गाउँ कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । बेलबारी ३ मा रहेको प्रस्तावित बेलबारी रङ्गशालामा आयोजित प्रतियोगिताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उद्घाटन गरेका हुन ।

उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका उपप्रमुख नीतु थापा कोइराला, बेलबारी नगरपालिकाका वडा नं ३ र ९ का अध्यक्षहरू क्रमशः योगेन्द्र सुवेदी र सालिकराम बस्नेत, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सचिवालय सदस्य अजित कुमार धिमाल, नगर अध्यक्ष शिवनारायण धिमाल, लगायत विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । धिमाल जाती विकास केन्द्र नगर समितिको आयोजना सञ्चालन भएको प्रतियोगितामा विभिन्न १५ ओटा टिमले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताका बिजी टिमले ३० हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले २५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र पाउने आयोजक संस्थाका सचिव टीकालाल धिमालले बताएका छन् । आज सम्पन्न उद्घाटन खेलमा बेलबारी टोल विजयी भएको छ । मैनाबारी टोललाई शून्यका विरुद्ध दुई गोल प्रहार गर्दै बेलबारी टोल विजयी भएको हो ।

प्रतिक्रिया दिनुहोस्