सातै प्रदेशको प्रदेश प्रमुखहरूको नाम सिफारिस


काठमाडौँ, १८ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सातै प्रदेशको प्रदेश प्रमुखहरूको नाम सिफारिस गरेको छ । सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशको लागि प्रदेश प्रमुखहरूको नाम सिफारिस गरेको हो ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाईँ र शर्मिला त्रिपाठीलाई प्रदेश प्रमुख नियुक्तको लागि सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्