धिमाल गाउँ कपको उपाधि बेलबारी टोललाई


बेलबारी, ६ कार्तिक । असोज २८ देखि बेलबारीमा जारी धिमाल गाउँ कपको उपाधि बेलबारी टोलले प्राप्त गरेको छ । धिमाल युवालाई खेलकुदमा आकर्षण गराउँदै समाज विकासमा अग्रसर गराउने उद्देश्यका साथ बेलबारीमा आयोजना गरिएको धिमाल गाउँ कप फुटबल प्रतियोगिताको फाइनल खेलमा जुराहा टोललाई ० का विरुद्ध ६ गोल प्रहार गर्दै बेलबारी टोल प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

धिमाल जाती विकास केन्द्र नगर समितिको आयोजना सञ्चालन भएको प्रतियोगितामा बेलबारीभरिका विभिन्न १५ ओटा टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताका विजयी टिमले ३० हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए भने उपविजेताले २५ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको आयोजक संस्थाका धिमाल जातीय संस्था नगर समितिका सचिव टीकालाल धिमालले बताएका छन् ।

समापन समारोहमा नेपाल अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, खेलकुद विकास समितिका संयोजक विक्रम बान्तवा राई, आदिवासी जनजाति महासङ्घ नगर समन्वय समितिका अध्यक्ष तिलक प्रसाद राई, करातेका कोच हेमन्त सुवेदी, धिमाल जाती विकास केन्द्रका केन्द्रीय उपाध्यक्ष केदार धिमाललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्