विरहीद्वारा लिखित ‘बेलबारीको साहित्यिक इतिहास’ले नयाँ इतिहास रच्दै


बेलबारी, ९ कार्तिक । बेलबारीका लेखक तथा पत्रकार केशु विरहीद्वारा लिखित ‘बेलबारीको साहित्यिक इतिहास’ नामक पुस्तकले नयाँ इतिहास रच्न सफल भएको छ ।
प्रकाशोन्मुख अवस्थामै रहेको यो कृतिलाई विरहीले अग्रिम भुक्तानी (प्रि–बुकिङ) विधिबाट कृति विक्री गर्न आफू इच्छुक रहेको भनेर सूचना पोस्ट गरेको २४ घण्टा नबित्दै एउटा सय प्रतिभन्दा बढी बिक्री भएर नयाँ इतिहास रच्न सफल भएको हो ।

विरहीले मङ्गलवार मात्र कृतिलाई प्रि बुकिङ प्रणलिमार्फन बिक्री गर्ने सूचना फेसबुकमा पोस्ट गरेका थिए । उनले पोस्ट गरेको २४ घण्टा नबित्दै एक सयभन्दा बढी प्रति बिक्री भएका छन् । उनले एक सय १३ प्रति बिक्री भइसकेको र बुकिङको दर उच्च रहेको बताएका थिए ।
बुधवार दिउँसो बेलबारी –३ स्थित ड्रिमल्याण्ड फनमा पत्रकारसँगको भेटघाट कार्यक्रममा विरहीले पुस्तक प्रकाशन नहुँदै पाठकले देखाएको रुचिले आफूलाई हौस्याएको बताए । ‘साहित्यलाई माया गरौँ, कृति मागेर होइन किनेर पढौँ’ भन्ने उद्देश्यका साथ आफूले यो अभियानको सुरुवात गरेको उनले सञ्चारकर्मीसँग बताए । कृति प्रकाशन गरेर उपहारमै सिद्धाउनु पर्ने बाध्यता रहेको बेलामा सुरु गरिएको यो विधिले लेखकलाई उचित सम्मान गर्ने स्रष्टा आचार्य अ.को बmबुझाइ रहेको छ ।

मङ्सिरमा बजारमा आउने यस कृतिले प्रकाशन नहुँदै पाठले रुचाइकोले खोज तथा अनुसन्धानमूलक कृतिको माग रहेको कुरालाई पुष्ट गरेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा बेलबारी साहित्य विकास समितिकी अध्यक्ष तिला लेकाली, ड्रिमल्याण्ड फनका सञ्चालक एवम् युवा व्यवसायी विजय सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कथा, उपन्यास, गजल, बालकथा, तथा समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका विरहीका यस अघि नै ‘कहालीलाग्दा गोरेटाहरू’ (उपन्यास –सहलेखन) २०५५, ‘आमाको माया’ (उपन्यास) २०५६, ‘सुस्केरा (सामूहिक सङ्कलन) २०६२, ‘दन्किएको आगो (गजलसङ्ग्रह) २०६३, ‘भास्कर वंशावली (वंशावली) २०६५, ‘सुलोचना (कथासङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् । यो उनको आठौँ कृतिको रूपमा बाहिर आउन लागेको हो ।

यस कृतिमा बेलबारीको २०१३\१४ सालदेखि हालसम्मको साहित्यिक इतिहास, विधा साहित्यकोको इतिहास, कृति प्रकाशन गर्ने तथा लामो समयदेखि साहित्य साधनामा लागेर पनि कृति प्रकाशन गर्न नसक्ने लेखक तथा स्रष्टाको परिचय र बेलबारीमा गठन भएका साहित्यिक सङ्घ–संस्था तथा सञ्चार मिडियाको समेत परिचय समेटिएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्