पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता ए.पि.एफ


बेलबारी, २३ कार्तिक । पाँचौँ बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको विजेता ए.पि.एफ काठमाडौँ भएको छ । मोरङको बेलबारी नगरपालिका वडा नं. ११ स्थित लक्ष्मीमार्गमा बुधवार भएको फाइनल खेलमा राजारानी धनकुटालाई ०–१ गोल अन्तरले पराजित गर्दै ए.पि.एफले उपाधि हात पारेको हो ।

ए पि एफका खेलाडी खेलको हरि कार्कीले ४८ औ मिनेटमा गोल गरेका थिए । पहिलो हाफ देखी नै दुवै टिमको खेल प्रदर्शनी आक्रामक रहेको थियो । दुवै टिमबाट पहिलो हाफमा गोल गर्ने भरपुर प्रयत्न गरेता पनि बराबरीमा टुङ्गिएको थियो । दोस्रो हाफमा भने कार्कीले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।

खेलको म्यान अफ द म्याच गोल कर्ता हरि कार्की घोषित भए । वेस्ट गोल किपर ए.पि.एफका गोलरक्षक राजु नगरकोटी घोषित भए । खेलको वेस्ट डिफेन्स पिटर सैगुन, वेस्ट मिडफिल्डर मनि लामा, वेस्ट स्टाईकर राजारानीका बुद्ध चेम्जोङ राजारानी, वेस्ट कोच सुदिप श्रेष्ठ सशस्त्र, राईजिङ प्लेयर कासिम राई आयोजक डाँगीहाट, हाई स्कोर फोडे फोफोना सहलेस सिराहा, सर्वोकृष्ट खेलाडी टोप बहादुर विष्ट सशस्त्र घोषित भए ।

प्रतियोगिताको विजेता टिमले रु.८ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र र उपविजेताले रु.४ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई १५÷१५ हजार र उत्कृष्ट प्रशिक्षकलाई १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

म्यान अफ द म्याचले ५ हजार प्राप्त गरे । प्रतियोगितामा नेपालका ७ र विदेशका ३ गरेर १० वटा टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्