एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिनु राई निर्वाचित


बेलबारी, २७ कार्तिक । एकता बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा मिनु राई निर्वाचित भएकी छिन । बेलबारी नगरपालिका वडा नं.२ मा रहेको एकता बचत तथा ऋण सहकारी संस्थाको ९ औँ अधिवेशनद्वारा राई अध्यक्षमा निर्वाचित भएकी हुन ।

राई संस्थापक सदस्य पनि हुन । २०५२ सालमा संस्थाको स्थापना भएको २७ वर्ष पछि राई अध्यक्ष भएकी हुन ।  २३ गते बेलबारी २ स्थित तमु बौद्धिष्ट गुम्बाको सभाहलमा अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । तर सोही दिन सुरु भएको बन्द सत्रमा अध्यक्ष र उपाध्यक्ष पदमा निर्वाचन हुने निर्णय भएको थियो । अन्य पदमा भने सर्वसम्मत चयन भएको थियो ।

२६ गते निर्वाचन गर्ने भनिएता पनि सहमतिमा नै अध्यक्ष र उपाध्यक्ष चयन भएको छ । उपाध्यक्षमा संस्थाको संस्थापक अध्यक्ष शकुन्तला सुवेदी सहमतिमा चयन भएकी छिन । यस अघि उनी सहसचिव थिइन ।

सचिवमा चन्द्र कुमारी लिम्बु, सहसचिवमा होमबहादुर श्रेष्ठ, कोषाध्यक्ष सिता सुवेदी, सदस्यहरूमा अञ्जना मास्के, सीता कुमारी राई, सीता राई र अञ्जना राई रहेकी छिन । लेखा समितिको संयोजकमा सुजता दाहाल निर्वाचित भएकी छिन । सदस्यमा भारती सुवेदी र पूजा श्रेष्ठ रहेकी छिन ।

मिनु राई

प्रतिक्रिया दिनुहोस्