शेरबहादुर देउवा बुधवार गृह जिल्ला जाने


काठमाडौँ , २९ कार्तिक। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बुधवार गृह जिल्ला जाने भएका छन् । काँग्रेससहित गठबन्धनको चुनावी कार्यक्रममा देउवा डडेल्धुरा जान लागेका हुन ।

देउवा बिहान गृह जिल्ला आइपुग्ने र ११ः३० बजे अजयमेरु गाउँपालिकाको देवलमा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका सचिव हेमराज चटौतका जनाएका छन् । देउवाले बैतडी र अछाम जिल्लामा आयोजना हुने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको काँग्रेसले जनाएको छ ।

देउवा यसअघि कात्तिक १७ गते गृह जिल्ला पुगेका थिए । उनी त्यस बेला चार दिन रहेका थिए । सो क्रममा उनले सात पालिकाका सात वटा चुनावीसभालाई सम्बोधन गरेका थिए । मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देउवासहित डडेल्धुरामा आठ जना उम्मेदवार रहेका छन् । देउवा विसं २०४८ यताका हरेक निर्वाचनमा विजयी हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्