शर्माको कटाक्ष : रेखालाई भोट काट्नु मात्र उठाइएको हो, माइता आएकी चेली मंसिर ४ पछि फर्किन्छिन्


मोरङ, ३० कार्तिक । मंसिर ४ गते नजिकिएसँगै मोरङ क्षेत्र नं. ३ मा चुनावी माहौल झनै तातिएर गएको छ । एजेन्डासँगै एक-अर्कामा उम्मेदवारद्वारा हुने कटाक्ष चर्को हुँदै गएको छ ।

क्षेत्र नं.३ मा संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्मा छन् भने नेकपा एमालेबाट पूर्व मन्त्री तथा भानुभक्त ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा प्रतिनिधिसभाकी उम्मेदवार छिन ।

संघ र प्रदेशको निर्वाचनको घोषणसँगै बढी चर्चामा रहेका शर्मा र ढकाललाई अहिले उम्मेदवारी मनोनयन दर्तासँगै रेखाको चर्चाले फलामको चिउरा चपाए झैँ भएको छ । चुनावी मैदानमा शर्मा र ढकालको कडा प्रतिस्पर्धा देखिए पनि कटाक्षको प्रहार भने रेखामा बढ्दो छ ।

प्रचारप्रसारमा व्यस्त रहेका शर्माको अभिव्यक्तिले अहिले ढकाललाई भन्दा रेखा बढी निसानामा पर्न थालेकी छिन । शर्माको अभिव्यक्ति अनुसार ढकाल र रेखासँगै एक्लै चुनाव लडिरहेका छन् । रेखालाई आफ्नो मत काट्न मात्र उठाइएको बताउँछन् ।

काँग्रेस भित्र बढ्दो अन्तर्द्वन्द्व र बागी उम्मेदवारको कारण विवादमा परेका शर्मा रेखा उनको लागी टाउको दुखाई भएकी छिन । ढकालसँगै रेखालाई पनि शर्माले पाहुना उम्मेदवार हो भन्ने गरेका छन् । शर्मा भन्छन्, ‘चुनाव लड्न आएकी चेली मंसिर ४ पछि घर फर्किन्छिन् ।’

शर्माले कटाक्षसँगै च्यालेन्ज गर्ने गरेका छन् । हक्की स्वभावका शर्मा भन्छन्, “मैले मेडिकल कलेज खोलेर स्थानीय क्षेत्रबाट नै डाक्टर उत्पादन गरे, के ? रेखाले फिल्म उद्योगमा रहेर कसैलाई हिरो हिरोइन बनाइन ।”

निकटतक प्रतिस्पर्धा भन्दा करिब १० हजार मतको अन्तरले विजय हुने शर्माको दाबी रहेको छ । शर्मा ले २०७४ सालमा ढकालसँग हार व्यहोरेका थिए । उनले अहिले गर्दै गरेको दाबी कतिको सत्य हुने हो त्यो भने मंसिर ४ गतेले बताउने छ ।

प्रतिक्रिया दिनुहोस्