मोरङ क्षेत्र नम्बर ३ को मतगणना कार्य सुरु


बेलबारी, मंसिर ५ । मोरङ क्षेत्र नम्बर ३ को मतगणना कार्य सुरु भएको छ । निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले सर्वदलीय बैठकको निर्णयअनुसार दिउँसो २ बजेदेखि मतगणना सुरु गरिएको जनाएका छन् ।

बेलबारी ३ मा रहेको भगवती माविमा मतगणना हुँदै छ । यस क्षेत्रमा प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट डा. सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापाबिच बिच मुख्य प्रतिस्पर्धा हुँदै छ । मोरङ क्षेत्र नम्बर ३ मा ६५.०५ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख ४९ हजार ८३३ मतदाता रहेकोमा ९७ हजार ४ सय ६८ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्