मोरङ ३ मा शर्माको अग्रता कायमै


मोरङ, ६ मंसिर । मोरङ ३ मा काँग्रेसका शर्माको अग्रता बढ्दो देखिएको छ । पछिल्लो परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार सुनिल शर्माले अग्रतालाई झन् फराकिलो पार्दै गएका छन् ।

उनले ३ हजार १ सय ३२ मत पाउँदा नेकपा एमालेका भानुभक्त ढकालले १ हजार ५ सय ७३ मत पाएका छन् । त्यस्तै राप्रपाकी उम्मेदवार रेखा थापाले ९ सय ६ मत पाएकी छन् । यो क्षेत्रमा २०७४ सालमा पनि काँग्रेसका शर्मा र एमालेका ढकालबिच नै प्रतिस्पर्धा भएको थियो र ढकाल १ हजार ९ सय सय ७ मत ल्याएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्