फाइनलमा ऐश्वर्यमिलन र रेड भ्यालभेट भिड्दै : प्रथम बेलबारी टि-२० प्रिमियर लिग प्रतियोगिता


बेलबारी, मंसिर २३ । बेलबारीमा जारी प्रथम बेलबारी टि-२० प्रिमियर लिग प्रतियोगिता २०७९ को फाइनल खेलमा ऐश्वर्यमिलन बेलबारी र रेड भ्यालभेट बिच प्रतिस्पर्धा हुने भएको छ । मंसिर १७ गते देखी जारी खेलको फाइनल २४ गते हुँदै छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा आरजु राईस मिल डागिहाट टिमलाई पराजित गर्दै ऐश्वर्यमिलन बेलबारीले फाइनलमा स्थान सुनिश्चित गरेको हो । बुधवारको पहिलो सेमिफाइनल खेलमा एल.एक्स लायन्स लक्ष्मीमार्गलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

बेलबारी क्रिकेट क्लबका अध्यक्ष विपिन आचार्यका अनुसार प्रतियोगिताको विजेता टिमले ट्रफिसहित नगद पुरस्कार रु.५५ हजार ५ सय ५५ र उपविजेताले रु.३१ हजार १ सय ११ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीले रु.५ हजार ५ सय ५५, उत्कृष्ट ब्याट्समेन, उत्कृष्ट बलर र उत्कृष्ट विकेट किपरले ३ हजार ३ सय ३३ र उदयमान खेलाडीले ५ हजार ५ सय ५५ पाउने आचार्यले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्